गोरखामा प्रेसरकुकर बम भेटियो, सेनाद्वारा निष्क्रृय

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago


गोरखा । गोरखाको गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको छ ।

 

बमलाई नेपाली सेनाको टोलीले निष्क्रृय पारेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ ।

 

तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो ।
मुख्य सडकसँगै राखीएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् ।

 

बम रहेको जानकारी बिहान सडक हिँड्ने सर्वसाधारणले प्रहरीलाई दिए पछि उक्त स्थानमा नेपाल प्रहरी र शसत्र प्रहरीले सुरक्षा दिएको थियो ।