सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ७६ हजार

  • | सोमबार, २१ पुष, २०७६
  • | 9 months ago


काठमाडौं । सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुगेको छ । सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महङ्गीएसँगै कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।

 

सुनको भाउ बढ्दा कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासंघको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।
अमेरिका र इरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।