सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ७१ हजार

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


काठमाडौं । मंगलबार सुनको भाउले नयाँ रेकर्ड तोडेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो ।

भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ७१ हजार पुगेको हो ।

सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् ।