प्रहरी र माओवादीबीच झडपमा ४ जनाको मृत्यु

  • | सोमबार, २ बैशाख, २०७६
  • | 4 days ago


झारखण्ड । भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।
सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको हो । ‘भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ ।
भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ ।

एजेन्सी