तस्बिरमा हेर्नुहोस् नेपालकै पहिलो स्मार्टभिलेज घलेगाउँ

  • | बुधबार, ११ पुष, २०७५
  • | 7 months ago

लमजुङ । सार्क राष्ट्रकै नमुना गाउँ लमजुङको घलेगाउँलाई नेपालकै पहिलो स्मार्टभिलेज शुभारम्भ गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार गाउँलाई स्मार्ट भिलेज गाउँ शुभाम्भ गरे । मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन रहेकोमा जोड दिए । उनले पर्यटन विकासको सम्भावना बोकेका ग्रामीण क्षेत्रलाई पनि स्मार्ट भिलेजको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

 

स्मार्ट भिलेज घोषणा भएसँगै गाउँमा रहेको स्थानिय सस्कृति र स्थानियस्तरमा उत्पादित सामग्रीलाई स्मार्ट बनाउनुपर्ने उनले जोड दिए ।पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकासका साथै प्रचारप्रसारका लागी घलेगाउँलाई स्मार्ट भिलेज गाउँ घोषणा गरिएको घलेगाउँ पर्यटन व्यावस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले बताए ।

 

 

२०५७ सालदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रम गरी होमस्टे सञ्चालन थालेको घलेगाउँमा दुई घर दलित समुदायसहित ३२ घरमा होमस्टे सञ्चालन गरिएको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका सचिव उमल वि.क जानकारी गराए ।