अत्यधिक गर्मीका कारण रेलभित्रै चार जनाको मृत्यु

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


एजेन्सी । भारतमा अत्यधिक गर्मिका कारण रेलभित्र चार जनाको मृत्यु भएको छ । भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्र गर्मिका कारण चार जना यात्रुको मृत्यु भएको हो ।

 

मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।
चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए ।

रेलभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।