एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

  • | मंगलबार, २४ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले पाएको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
यो नेपालको लगातार दोस्रो उपाधि हो ।

 

उपाधि जितेसँगै नेपाल श्रीलंकामा आयोजना हुने एसिया कप यू १९ क्रिकेटका लागि छनोट भएको छ ।

हङकङले प्रस्तुत गरेको ९६ रनको लक्ष्य नेपालले १७ औं ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।