पोखरामा भलिबल प्रतियोगिता हुने

  • | आइतबार, २९ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा आउँदो जेठ २३ देखि २५ गतेसम्म पोखरामा महिला तथा पुरुषबीच भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अनुसार जेठको अन्तिम साता प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा हुने प्रतियोगिता पोखरामा हुनेछ ।

 

प्रतियोगितामा सात प्रदेशबाट महिला र पुरुषको गरि दुई दुई टिम र विभागिए टिमबाट पनि दुई दुई महिला पुरुष टिम गरेर कुल २० पुरुष र २० महिला टिमको सहभागिता हुनेछ ।

 

प्रतियोगितामा शिर्ष तीन स्थान हासिल गर्ने टिमलाई अन्तराष्ट्रिय विच भलिबल र २०१९ को डिसेम्बरमा नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागका लागि छनोट गरिनेछ ।