फिफा महिला विश्वकपको उपाधि अमेरिकालाई

  • | सोमबार, २३ आषाढ, २०७६
  • | 1 week ago


एजेन्सी । नेदरल्याण्ड्सलाई हराउँदै अमेरिकाले फिफा महिला विश्वकपको उपाधि जितेको हो ।  अमेरिकाको यो चौथो उपाधि हो ।

यसअघि सन् २०१५ मा भएको संस्करणमा अमेरिकाले जापानलाई हराउँदै उपाधि जितेको थियो । सन् १९९१ मा चीनमा भएको पहिलो संस्करणको उपाधि अमेरिकाले जितेको थियो । त्यसपछि अमेरिकाले १९९९ संस्करणको उपाधि जितेको थियो ।

 

अमेरिकालाई चौथो उपाधि जिताउनका लागि मेगान रापिनोई र रोज लाभेलेले एक÷एक गोल गरे । पहिलो हाफ गोलरहित स्थितीमा सकिएको खेलको ६१औं मिनेटमा अमेरिकाले पेनाल्टी पायो ।
यो पेनाल्टीलाई रापिनोईले गोलमा परिणत गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् ।
त्यसको आठ मिनेटपछि लेभेल्लेले गोल गर्दै अमेरिकालाई २–० को अग्रता दिलाइन् ।