फिफा वरियतामा नेपाल चार स्थान तल

  • | शुक्रबार, ३१ जेष्ठ, २०७६
  • | 1 month ago


काठमाडौं । नेपाल फिफा वरियतामा चार स्थान तल झरेको छ ।  शुक्रबार फिफाले सार्वजनिक गरिएको नयाँ वरियतामा नेपाल चार स्थान तल झरेको हो ।
नेपाल यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो । तर अहिले एक सय ६५ औं स्थानमा पुगेको छ ।

 

भारत दक्षिण एशियामा शीर्ष स्थानमा रहँदा माल्दिभ्स दोस्रो स्थानमा छ । भारत १ सय १ औं स्थानमा रहँदा माल्दिभ्स १ सय ५१ औं स्थानमा छ ।
बंगलादेश १ सय ८३ औं, भुटान १ सय ८६ औं, श्रीलंका २ सय १ र पाकिस्तान २ सय ३ औं स्थानमा रहेको छ ।

 

विश्व वरियतामा बेल्जीयम शीर्ष स्थानमा रहँदा विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा छ । बाज्रिल तेस्रो स्थानमा रहँदा इङ्ल्याण्ड चौथो ,पोर्चगल पाँचौं र विश्वकप उपविजेता क्रोयसिया छैठौं स्थानमा छ ।