विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो’

  • | मंगलबार, १५ माघ, २०७५
  • | 5 months ago

विराटनगर । पेजेन्ट नेपालको आयोजनामा पूर्वाञ्चलको विराटनगरमा ‘पेजेन्ट नेपाल पूर्वाञ्चल फेशन शो २०७५’ सम्पन्न भएको छ । विराटनगरको पुष्पलाल चोकस्थित ड्रिम गार्डेनमा सम्पन्न उक्त फेशन शो को लागी अडिसन राउण्डबाट छनौट भएका ५० जना महिला तथा पुरुष मोडलहरु विभिन्न विधामा ¥याम्पमा उत्रिएका थिए ।

 

उक्त शोमा पेजेन्ट नेपालकी प्रबन्ध निर्देशक तथा चर्चित फेशन डिजाईनर ममथा बस्नेतले तयार पारेको डिजाइनहरु प्रस्तुत गरिएको थियो ।
मौलिक सांस्कृतिक तथा आधुनिक फेसनलाई समेटेर देखाईएको उक्त फेसन शो मा चार वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।
कल्चलर ड्रेस, वेस्टर्न ड्रेस, फेन्सी ड्रेस, गाउन, वर्षायामको पहिरनहरु, ढाकाका पहिरनसँगै एक सिक्वेन्समा मुख्य प्रायोजक बुलेट चाउचाउको खोलबाट तयार पारिएको ड्रेस तथा अन्य प्रायोजकहरु नेपाल आईस बियर, द ब्यारन सेलेक्ट ब्लुफिन, राथी, क्यानभास वाईनलगायतको कभरमा तयार पारिएका पहिरन, पेपर ड्रेस तथा प्लास्टिक ड्रेस पहिरिएर मोडलहरुले शो लाई रङ्गीन बनाएका थिए ।
रमेश भट्टराई र चन्दा खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा सफल व्यावसायी तथा कोरियोग्राफर ईश्वर बाँस्तोला, सम्झना चौधरी र दिवश भट्टराईको कोरीयोग्राफीमा मोडलहरु ¥याम्पमा उत्रिएका थिए ।

 

पेजेन्ट नेपालका अध्यक्ष राज लुर्इंटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले कार्यक्रममा बोल्दै राजधानीमा सिमित रहँदै आएका यस्ता कार्यक्रम मोफसलमा समेत गरेर त्यहा रहेका प्रतिभाको मूल्याङ्न गर्दै उनीहरुको क्षमता अभिवृद्धिमा पु¥याएको योगदान महत्वपूर्ण रहेको भन्दै पेजेन्ट नेपाललाई धन्यवाद तथा शुभकामना दिएका थिए । साथै उनले ढाकाको पहिरनलाई इकिंत गर्दै नेपाली मौलिक पहिरनबाट नेपाललाई विश्वमा चिनाउन सकिने समेत बताए ।

 

कार्यक्रममा विशेष अतिथिको रुपमा विराटनगर क्षेत्रका समाजसेवी तथा व्यावसायी अरुण सुराना, अरुण राठी, श्याम भट्टराई, किरण प्रकाश अर्याल, थानेश्वर उपाध्याय, संजीव खनाल, सरोज चापागाईं, चलचित्र निर्देशक राजु केसीलगायत बाक्लो मात्रामा दर्शकको उपस्थिती रहेको थियो ।