धोकेवाज हुन्छन् यी ५ राशि भएका मानिसहरु

  • | आइतबार, १८ भदौ, २०७४
  • | 1 year ago

एजेन्सी । अक्सर धेरै मानिसहरुलाई सम्बन्धमा धोखा मिल्छ । धोखा पाइसकेपछि धेरैलाई माया प्रेमप्रतिनै घृणा जाग्ने तथा जीवनमा फेरि प्रेममा पर्न मन नलाग्ने हुन्छ ।

 

तर विस्तारै पहिलेको पीडा विर्सेर नयाँ सम्बन्धको सुरुवात गर्ने सोचमा हुनुहुन्छ भने सवैभन्दा पहिले जान्नुहोस कि तपाईको पार्टनर तपाईलाई धोका दिन्छ कि दिदँैन ।

 

केहि मानिसहरुको कुन्डलीमानै अरुलाई धोका दिने खालको हुन्छ । उनीहरु ज्यादा आफ्नो बारेमा मात्र सोच्ने प्रकृतिको हुने हुँदा अरुको बारेमा , अरुको भावनाको कदर नगर्ने खालका हुन्छन् ।


जान्नुहोस् यस्ता ५ राशि का मानिसहरु जसले प्रेममा तपाईलाई धोखा दिन सक्छन् ।


मेष

 

मेष राशि का मानिसहरु प्राय आफैँ भित्र हराइरहेको भेटिन्छन् । यी राशि भएका व्यक्तिहरु कसैसँगपनि धेरै मिलजुल गर्दैनन् । जति अरुलाई सहयोग गर्छन् त्यतिनै आफ्नो फाइदा हेर्ने गर्छन् । यी राशि का मानिसहरु यदि कसैसँग प्रेम गर्छन् भने ति मानिसहरुको पछाडि लाग्दैनन् । जति छिट्टो प्रेममा पर्छन् त्यतिनै छिट्टो प्रेमबाट टाढा पनि हुन्छन् ।

 


मिथुन

 

मिथुन राशि भएका मानिसहरुको स्वभाव बिलकुल अलग हुन्छ । यी राशि का मानिसहरुलाई यो कुराको कुनै पर्वाह हुँदैन कि सामुन्ने बसेको मानिसलाई आफ्नो कुराले कति धेरै नराम्रो लागेको छ भनेर । प्राय यसकारण मानिसहरु यस्ता मानिसहरुसँग टाढा हुन नै मन पराउँछन् । त्यसैले यस्तो मानिससँग प्रेममा पर्नु आफैलाई दुखि बनाउनु हो ।


तुला

 

यो राशि भएका मानिसहरु आफ्नो जीवनमा शान्ती मन पराउँछन् । यो राशिका मानिसहरु आफ्नो जीवनमा सन्तुलन बनाएर चल्ने गर्दछन् । यी मानिसहरु कुनै पनि गढबडीसँग टाढा हुन मन पराउँछन् । छिट्टै कसैसँग झगडा गर्दैनन् । जब यस्ता मानिसहरु कसैको दुखमा दौडिएर मद्धत गर्न त आउँछन् अनि छिट्टै अरुको दिल तोड्न पनि सक्छन् ।

 


धनु


यस राशिका मानिसहरु जो साच्छन् त्यहि गरेर नै छाड्छन् । चाहे जुनसुकै हदसम्म जान किन नपरोस् । यी मानिसका लागि यिनीहरुको करियर नै सबैकुरा हो । आफ्नो करियरको लागि आफ्नो सम्बन्धलाई समय दिदैनन् । जसकारण जो सुकैको पनि दिल सजिल्यै तोडिदिन सक्छन् । यिनीहरुका लागि प्रेम भन्दा पनि करियर महत्वपूर्ण हुन्छ ।

 

मकर

 

यी मानिसहरु कुनैपनि कुरा बोल्नुभन्दा पहिले एकपटकपनि सोच्दैनन् । आफ्नो अगाडि बसेका मानिसलाई नराम्रो लाग्ला भनेर एकपटक पनि सोच्दैनन् । तर दिलको सफा हुन्छन् । यी मानिसहरु जोकोहि आफ्नो हिसाबले चलोस् भन्ने चाहान्छन् । र आफ्नो सबै कुरा मानोस् तर विरुद्धमा जानेसँग निकै चित्त दुखाउँछन् । अरुलाई आफ्नो गुलाम बनाउन खोज्ने बानीले यस्ता व्यक्तिहरुसँग सम्बन्ध छिट्टै बिग्रीन्छ ।