डुंगा दुर्घटनामा कम्तीमा ८० जना डुबेको आशंका

  • | शुक्रबार, २० आषाढ, २०७६
  • | 1 week ago


जेनेभा । ट्युनिसियामा भएको डुंगा दुर्घटनामा कम्तीमा ८० जनाको मृत्यु भएको जनाइएको छ । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार बुधबार राति भएको घटनामा कैयौँ व्यक्तिलाई जीवित उद्धार गरिएको छ । माछा मारी फर्किदै गरेका माझीहरूले दुर्घटनाग्रस्त डुंगाबाट चार जनालाई जीवितै उद्धार गरी अस्पताल पठाइएकोमा एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

दुई जनाको ट्युनिसियाको जार्जिसमा यूएनएचसीआरको सहयोगमा उपचार भइरहेको छ ।
एक जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको राष्ट्रसंघ शरणार्थी निकायले जनाएको छ ।

भूमध्यसागरीय क्षेत्रका लागि यूएनएचसीआरका विशेष दूत भिन्सेन्ट कोसेटलले भने, ‘आप्रवासीको सुरक्षाका लागि यथास्थितिले निरन्तरता पाउनु गलत हुनेछ । बुधबारको दुर्घटनामा कम्तीमा ८० जना डुबेको अपुष्ट समाचार यूएनएचसीआरले प्राप्त गरेको छ ।’

‘सहज अवस्था वा विकल्प पाउँदासम्म डुंगाको खतरनाक यात्रा गरी कसैले पनि आफ्नो र आफ्ना परिवारको जीवनमाथि खतरा मोल्न तयार हुँदैन’ उनले भने ।
उनीहरूको मजबुरी हो यसबारे विश्व समुदाय र मानवअधिकारवादी संघसंस्थाको ध्यानाकर्षण हुनु जरूरी रहेको उनले बताए ।

एजेन्सी