दुबईमा पर्यटक बस दुर्घटनामा १७ को मृत्यु

  • | शुक्रबार, २४ जेष्ठ, २०७६
  • | 2 months ago


दुबई । युएईको दुबईमा पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेहरुको राशिद अस्पतालमा उपचार भइरहेको छ ।
इदको बिदा मनाएर ओमान फर्किँदै गरेको ३१ जना पर्यटक सवार बस बिहीबार साँझ दुर्घटना भएको हो ।

 

घाइतेमा एक जना दुबईका नागरिक समेत छन् । दुर्घटनामा कुन देशका कति नागरिकको मृत्यु भयो भन्ने खुल्न बाँकी रहेको छ ।