अन्तत अनसन तोडे डा. केसीले

  • | शुक्रबार, १८ माघ, २०७५
  • | 1 month ago


काठमाडौं । डा. गोविन्द केसीले २४ औं दिनमा आज अनसन तोडेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै डा. केसीले अनशन तोडेका हुन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको पहलमा डा. केसीले अनसन तोडेको बताइएको छ । डा. केसीलाई अस्पतालका सफाई कर्मचारी अमरित पुजारी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ डुंगानाले जुस पिलाएर अनशन तोडाएका हुन् ।

 

अनसन तोड्दै डा.केसीले जनतामारा र विद्यार्थीमारा चिकित्सा शिक्षा विद्येयक स्वीकार्य नभएको बताए ।
उनले अनसन तोडेर यो विद्येयकप्रति लचकता कदापी नभएको बताए ।

 

डा. केसीलाई शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व सभामुख दमनाथ ढुंगाना, केदारभक्त माथेमा, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले भेटेका थिए ।

उनीहरुले डा. केसीलाई ऐन कार्यान्वयनका आगामी प्रक्रियाहरु नजिकबाट नियाल्ने र चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदलको प्रतिवेदनअनुसार सुधार सुनिश्चित गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

 

यस्तै शुक्रबार नै प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की, प्रा. डा. भगवान कोइराला, सुरेन्द्र चौधरी, प्रभु बुढाथोकी, डा. दिनेश प्रसाईं र रविन्द्र सिंह बानियाँलगायतले भेटेरै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

 

आफ्नो १६ औं सत्यग्रहका लागि इलाममा अनसन बसेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो ।
डा.केसीको अनसनकैबीच संसदबाट चिकित्सा विद्येयक पास भइसकेको छ ।