बीसीसीआईले सार्वजनिक गरेको नयाँ सूची परेनन् धोनी

  • | बिहीबार, २ माघ, २०७६
  • | 9 months ago


नयाँदिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई वार्षिक सम्झौताबाट बाहिर राखेको छ ।

 

बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर टिमका २७ खेलाडीको वर्गीकरणमा धोनीको नाम समावेश छैन ।

 

६ महिनाअघि एकदिवशीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनीले भारतीय टिमबाट विश्राम लिएका छन् ।
उनी राष्ट्रिय टिममा फर्कने सम्बन्धमा आफैंले पनि निर्णय नलिएका बेला बीसीसीआईको यो वर्गीकरण सार्वजनिक भएको हो । अघिल्लो वर्षको वर्गीकरणमा धोनी ‘ए’ क्याटागोरीमा परेका थिए ।

 

पछिल्लो वर्गीकरणमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीलाई चार क्याटागोरीमा विभाजन गरिएको छ ।