गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

  • | बुधबार, ९ पुष, २०७६
  • | 7 months ago


काठमाडौं । गायक रामकृष्ण ढकाल र उनको श्रीमती नीलम शाहबीच सम्बन्धविच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालले बुधबार सम्बन्धविच्छेद गरेका हुन् ।

 

उनीहरुले मंगलबार जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । न्यायाधीश विदुर कोइरालाको इजलासले सम्बन्धविच्छेदको निर्णय सुनाएको हो । ढकाल दम्पतीकी छोरी रानी आमासँग बस्‍ने तर उनको पठनपाठन र लालनपालन दुवैले गर्ने सहमति भएको श्रेष्ठले जानकारी दिए ।