दीपा राईको ‘कहीँ चोट’ सार्वजनिक

  • | आइतबार, २२ आषाढ, २०७६
  • | 1 week ago

 

काठमाडौं । कवि तथा गीतकार दीपा राई पुनको नयाँ गीत ‘कहीँ चोट’ सार्वजनिक गरिएको छ ।
गीतकार पुनको शब्द रचना, गायक शिव परियाको स्वर रहेको उक्त गीतमा संगीतकार हरि लम्सालको संगीत रहेको छ ।

 

प्रवासमा रहेर साहित्य सिर्जनामा साधनारत पुनले पछिल्लो समय गीत लेखनमा समेत सक्रियता देखाउँदै आएकी छिन् । गीतको शनिबार वरिष्ठ कवि मञ्जुलले उनै कवि तथा गीतकार पुनको ‘कहीँ चोट’ गीतको अडियो एवं भिडियो सार्वजनिक गरे ।
समारोहमा कवि तथा गीतकार श्रवण मुकारुङले गीत जीवनवादी एवं आशावादी रहेको टिप्पणी गरे ।
‘गीतले गहिरो भाव अनि मानवीय मूल्य बोकेको छ, समग्रमा एउटा सुन्दर रचना नेपाली गीतसंगीतले पाएको छ’, मुकारुङको टिप्पणी थियो ।

 

गायक शिव परियारले आफुले पछिल्लो समयमा गीत छनौट गरेर मात्र गाउने गरेको बताए ।
गीतको शब्द र संगीत चित्त बुझेपछि मात्र आफुले गाउने गरेकोमा यो गीत दुवैपक्षवाट सशक्त लागेपछि मात्र आफुले गाएको बताए । संगीतकार हरि लम्साल, कवि विप्लव प्रतिक लगायतले गीतको बारे प्रशंसा गरेका थिए ।

 

हेर्नुहोस् भिडियो