कोरम नपुगेपछि संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित

  • | मंगलबार, १४ फागुन, २०७५
  • | 4 months ago


काठमाडौं । संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ ।  मंगलबार दिउँसो २ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

 

मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा. विजयकुमार दत्त र थारु आयोजका प्रस्तावित अध्यक्ष विष्णुप्रसाद चौंधरीको सुनुवाईका लागि बोलाइएको समितिको आइतबारको बैठक पनि कोरम नपुगेकै कारण स्थगित भएको थियो ।

मंगलबार बोलाइएको बैठकमा पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सबै सांसदहरु उपस्थित नभएका कारण स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका ४ जना सांसदहरुले भने प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदले ती आयोगहरुको पदाधिकारी सिफारिस गरेकाले मान्य नहुने भन्दै समितिको बैठक बहिष्कार गर्दै आएका छन् ।