कांग्रेस संसदीय दलको बैठक शुक्रबार

  • | बिहीबार, २ माघ, २०७६
  • | 8 months ago


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । पछिल्लो समय सभामुख चयनमा देखिएको विवादका कारण रोकिएको संसद्का बारेमा छलफल गर्न बैठक बोलाएको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका गतिशील हुन नसकेको उनको भनाइ छ । बैठक दिनको १ः३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।