जंगली च्याउ खाँदा एकको मृत्यु, दुई बिरामी

  • | मंगलबार, २४ आषाढ, २०७६
  • | 1 week ago


काठमाडौं । ललितपुरमा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बिरामी भएका छन् ।

 

मृत्यु हुनेमा मिरा बयलकोटी रहेकी छन् । सोमबार बेलुकी च्याउको तरकारी खाएर बिरामी भएकी महालक्ष्मी नगरपालिका–९ की बयलकोटीको उपचारको क्रममा किष्ट अस्पतालमा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

च्याउ खाएर अन्य दुई जना बिरामी परेका छन् । च्याउ खाएर बिरामी भएका बर्दियाका हिक्मत ज्ञवाली र विमल थापाको पाटन अस्पतालमा उपचार भैरहेको छ ।