भारतको चन्द्रयान सफलतापूर्वक प्रक्षेपण(भिडियोसहित)

  • | सोमबार, ६ साउन, २०७६
  • | 11 months ago


एजेन्सी । भारतले चन्द्रयान सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय समयअनुसार दिउँसो २ः४३ बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–२ प्रक्षेपण गरिएको हो ।
एएफपीका अनुसार अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतको यो अभियान हालसम्मकै सबैभन्दा सस्तो मानिएको छ ।
चन्द्रयान–२ को सफल प्रक्षेपणले भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो देश बन्नेछ ।

 

भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इस्रोको स्रोतका अनुसार चन्द्रमामा पठाइएको चन्द्रयानको लागत नौ सय ७८ करोड रहेको छ । चन्द्रयानको प्रक्षेपणसँगै भारत पनि अन्तरिक्षसम्बन्धी अध्ययनमा शक्तिशाली देश हुने इस्रोले उल्लेख गरेका छ ।

चन्द्रमामा रहेको पानी, खनिज, र चट्टानको अवस्थितिका बारेमा अनुसन्धान गर्न भारतले यान पठाएको हो । एक हप्ताअघि प्रक्षेपणको लागि तय गरिएको यानमा प्राविधिक समस्या देखिएपछि स्थगित गरिएको थियो ।

भिडियो हेर्नुहोस्