च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

  • | आइतबार, १९ जेष्ठ, २०७६
  • | 2 months ago

एजेन्सी । च्याम्पियन्स लिगको उपाधि लिभरपुलले हात पारेको छ ।  प्रिमियर लिग प्रतिद्धन्द्धि टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगको विजेता बनेको हो ।

 

लिभरपुलले पछिल्लो पटक सन् २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।
लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए । सलाहले दोस्रो मिनेटमा पेनाल्टी गोलबाट टोलीलाई अग्रता दिलाएका थिए ।

 

साडियो मानेको क्रसमा बल माउसा सिसोकोको ह्यान्ड भएपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।
ओरिगीले खेल सकिन तीन मिनेट बाँकी रहँदा टोलीका लागि दोस्रो गोल गर्दै जितलाई पक्का पारेका थिए । ओरिगी ५८ औं मिनेटमा रोर्बेटो फर्मेनोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगातार दोस्रो वर्ष लिभरपुलले च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।
गत वर्ष टोली रियल म्याड्रिडसँग पराजित भएको थियो । टोटेनहमले पहिलो पटक च्याम्पियन्स लिग फाइनल खेलेको थियो ।