चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का

  • | आइतबार, २६ जेष्ठ, २०७६
  • | 1 week ago


काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का निर्वाचित भएका छन् ।  शनिबार सम्पन्न चलचित्र कलाकार संघको निर्वाचनमा खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५८ मतले पछि पार्दै विजयी भएका हुन् ।

 

खड्काको पक्षमा २१८ मत आएको थियो भने लामिछानेले १६१ मत ल्याएक थिइन् । दुई जना उपाध्यक्षको पदमा रेजिना उप्रेतीले २४३ मत ल्याउँदा सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भए ।

 

महासचिवमा चेतबहादुर सिंह राजा निर्वाचित भए । यस्तै सचिव पदमा पनाह अधिकारी विजयी भए । त्यस्तै सह कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य विजयी भइन् । कोषाध्यक्ष पदमा भने यस अघि नै सुनिल कटुवाल निर्विरोध चयन भैसकेका छन् ।