बम विस्फोटमा एक सैनिक घाइते

  • | बिहीबार, ५ बैशाख, २०७६
  • | 3 months ago


पोखरा । कास्कीको पोखरास्थित गण्डकी प्रदेशसभा भवन अगाडि बम विस्फोट हुँदा एक सैनिक घाइते भएका छन् ।

 

प्रदेशसभा भवनअगाडि बम भेटिएको सूचना पाएसँगै सेना पुगेर डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो । विस्फोटमा धर्मबहादुर थापा घाइते भएका छन् । उनको हातमा चोट लागेको छ ।

 

यस्तै पोखराको लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले डिस्पोज गरेको छ ।