सम्बन्धविच्छेद पछि पनि यस कारण टाढा हुनसकेका छैनन् अरबाज र मलाइका

  • | शुक्रबार, २४ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । बलिउड अभिनेत्री मलाइका अरोडाले यो वर्षको शुरुवातमा आफ्नो श्रीमान् अरबाज खानसँग सम्बन्धविच्छेद गरिन् । तर यसको बावजुद पनि अरबाजसँग प्राय साथै देखिन्छिन् ।


यति मात्र होइन अरबाज र मलाइकाले आफ्नो छोरा अरहानको बर्थडे दुवले एक साथ मनाएका छन् ।

 


हिजो मात्र राति १२ बजे मलाइका र अरबाजले आफ्नो जेठो छोराको बर्थडे केक सँगै मिलेर काटेका थिए । मलाइकाले आफ्नो छोराको बर्थडे मनाएका केहि तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । जसमा मलाइका र अरबाज छोरा अरहानसँग देखिएका छन् ।


मलाइकाले खान परिवारसँग सम्बन्ध तोडको भएपनि आज पनि उनी खान परिवारको सम्पूर्ण उत्सव मनाइरहेकी हुन्छिन् चाहे नन्द अर्पिताको छोराको बर्थडे होस्् वा सोहेल खानकी श्रीमतीसँग विदेश घुमघाम जान होस् उनी अक्सर खान परिवारसँगै देखिन्छिन् ।