पाकिस्तानमा बम विस्फोटमा परि १६ जनाको मृत्यु

  • | शुक्रबार, २९ चैत, २०७५
  • | 2 months ago


एजेन्सी । पाकिस्तानको बलोचिस्तान राज्यको राजधानी क्वेटाको हजारगंजमा बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ ।  स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा विस्फोट भएको हो ।

 

समाचार संस्था एपीपीका अनुसार विस्फोट बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको छ । विस्फोटपछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।

 

बम विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, विस्फोटमा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् ।