विश्वकप छनोटमा नेपालद्वारा युएई ८ विकेटले पराजित

  • | शुक्रबार, १० फागुन, २०७५
  • | 4 months ago


काठमाडौं । आइसीसी महिला टी–२० र एकदिवसिय विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले युएईलाई ८ विकेटले हराएको छ ।
शुक्रबार बैंककमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर तीन बलमा ४१ रनमा समेट्यो ।

 

उसका लागि एक खेलाडीले मात्र दोहोरो अंक बनाइन । नेपालले सुरुवात देखि नै दबाव दिन सफल भयो । जसमा उसले युएईको १० रन हुँदा तीन विकेट झार्यो ।

 

ओपनर छायाँ मुघल तीन रनमा आउट भइन भने इशा ओजा मात्र दुई रनमा आउट भइन ।
त्यसपछि काभिसा पनि चार रनमा पेभेलियन फर्किइन । त्यसपछि कप्तान हुमेइरा तास्विन एक रनमा पेभेलियन फर्किदा उसले १२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि शुभा मात्र तीन रनमा बाहिरीन भने लगत्तै उडेनी डोना पनि खाता खोल्न नपाउँदै पेभेलियन फर्किदा युएइले १८ रनमा ६ विकेट खेर फाल्यो ।
एकपछि अर्काे विकेट गुमाएको युएइले ३५ रन हुँदा सातौं विकेट खेर फाल्यो । चनामी ब्यक्तिगत १३ रनमा पेभेलियन फर्किइन । त्यसपछि उसले अरू ६ रन जोड्दा थप चार विकेट गुमायो ।
अन्त्यमा नेपाल ४१ रनमा समेटियो । नेपालका लागि सुरुवातमा नै सिता रानामगर र कविता कुवँरले कसिलो बलिङ गर्दै दुई दुई विकेट लिए । त्यसपछि नेरी थापाले ४ विकेट लिइन ।

 

जवाफमा नेपालले १० ओभर ३ बलमा दुई विकेटको गुमाउँदै लक्ष्य पुरा ग¥यो ।  नेपालकी सिता रानामगर ६ रनमा आउट हुँदा २३ रनमा पहिलो विकेट गुमायो । त्यसपछि यसै प्रतियोगितामा पहिलो पटक राष्ट्रिय टिममा परेकी अप्सला बेगम खाता खोल्न नपाई आउट भएपछि नेपालले २३ रनमा दोस्रो विकेट गुमायो । नेपालका जितमा काजल श्रेष्ठले अविजीत १५ तथा कप्तान रुवीना क्षेत्रीले १८ रन बनाइन् ।
अब नेपालले फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।