विश्वकप क्रिकेटमा भारतको दोस्रो जित

  • | सोमबार, २७ जेष्ठ, २०७६
  • | 6 days ago


काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा भारतले दोस्रो जित हात पारेको छ ।  आइतबारराति भएको खेलमा भारतले साविक विजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै जित निकालेको हो ।

 

३ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा अल आउट हुँदै ३ सय १६ रनमा समेटिएको थियो ।
भारतका जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले तीन–तीन विकेट लिएका थिए । यस्तै युजभेन्द्र चाहलले २ विकेट लिएका थिए ।

 

टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनाएको थियो । भारतको यो विश्वकपमा चौंथो सर्वाधिक ठुलो स्कोर हो । भारतका शिखर धवनले १ सय १७ रन बनाए । यस्तै कप्तान विराट कोहली ८२ र रोहित शर्माले ५७ रनको योगदान दिए ।