वीरगञ्जमा महिन्द्रा ट्रयाक्टरको फ्रि मेगा सर्भिस क्याम्प

  • | आइतबार, १५ बैशाख, २०७६
  • | 3 weeks ago


काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरुको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै बीरगञ्जमा महिन्द्रा ट्रयाक्टरहरुका लागि फ्रि मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

 

यहि वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित यस शिविरमा वीरगञ्ज वासीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा फ्रि सर्भिस क्याम्पमा लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरुमा प्रदान गरिएको विशेष छुट प्रमुख आकर्षंणका रुपमा लिइएको थियो। सर्भिस क्याम्पका सहभागी हुने भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो। मनोज शाही, शोनालाल राउत तथा विरेन्द्र शाहले लक्की ड्र मार्फत उपहार समेत जितेका थिए।

 

यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकहरुले साधनको परीक्षण गरेको थिए। यस्तै निःशुल्क स्वास्थ्य शिविर प्रमुख आकर्षणका रुपमा लिएएको थियो भने समग्रमा यो क्याम्प सफल भएको जानकारी प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रा।लि अन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि. बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन्। यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्।