चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार हो : विप्लव

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफूहरु नागरिक र राष्ट्रको भविष्यका लागि लडिरहेको भन्दै चन्दा उठाउनु नैसर्गिक अधिकार भएको बताएको छ ।

एक विज्ञप्तिमार्फत आफूहरुको पार्टीलाई राजनीतिक पार्टीको रुपमा मान्यता नदिएर अपराधी समूह जस्तो व्यवहार गर्ने सरकारी निर्णय हाँस्यास्पद रहेको भन्दै यस्ता निर्णयले आफूहरु नझुक्ने बताएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहले आपराधिक गतिविधि गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।
उक्त निर्णयको विप्लव नेतृत्वको नेकपाले वक्तव्यमार्फत जवाफ दिएको हो ।

 

प्रतिबन्ध आफ्नो पार्टीलाई नभई राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर र तस्करहरुसँग मिलेर नागरिकका विरुद्ध अपराध गर्ने राज्यका मन्त्री र उनीहरुका मतियारलाई आफूहरुले प्रतिबन्ध लगाउने विज्ञप्तिमार्फत उसले चेतावनी दिएको छ ।