‘विप्लव’ समूहका नेता भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

  • | शुक्रबार, ६ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश अनिलकुमार सिन्हा र पुरुषोत्तम भण्डारीको इजलासले बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको हो ।

 

महानगरीय अपराध महाशाखाले भूजेललाई काभ्रेबाट पक्राउ गरेको थियो ।
महाशाखाले उनीमाथि कर्तव्य ज्यान र संगठित अपराध, हातहतियार खरखजनासम्बन्धी मुद्दा लगाएको थियो ।