लुक्ला विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन

  • | सोमबार, २ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । सरकारले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा भएको समिट एयरको विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।

 

समितिमा नेपाल वायुसेवा निगमका इञ्जिनीयर राजेश श्रेष्ठ र सीता एयरका पाइलट रवीन्द्र डंगोल सदस्य रहेका छन् भने सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् ।

 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ मा रहेको लुक्ला विमानस्थलमा आइतबार बिहान ९ः२२ बजे भएको विमान दुर्घटनामा दुई प्रहरीसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।