विद्युतीय स्कुटी सार्वजनिक

  • | शनिबार, १८ जेष्ठ, २०७६
  • | 2 weeks ago


काठमाडौं ।‘गो ग्रिन राइड ग्रिन’ नारासहित मियामा मोटर्सले विद्युतीय स्कुटीहरु नेपालमा सार्वजनिक गरेको छ।

कम्पनीले जापानमा बनेका वातावरणमैत्री विद्युतीय स्कुटीहरु नेपाल ल्याएको हो। स्कुटीहरु पुतलीसडकबाट किन्न सकिने मियामा मोटर्सले जनाएको छ। हाल पाँच किसिमका स्कुटीहरु उपलब्ध रहेका छन्।
त्यसमा जेवाई१, टीएन६, सीजीवाई१, एलवाई१ र एसडी१ रहेका छन्।


जेवाई१ को मूल्य १ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसमा सेन्ट्रल लकिङ सिस्टम, डिजिटल स्पिड मिटर, ७०–८० किमिसम्मलाई पुग्ने चार्ज र प्रतिघण्टा गति ५०–६० किमि रहेको छ। त्यस्तै ७२भी२० एएचको ब्याट्री रहेको स्कुटीको तौल ७५ किलो रहेको छ। यसको चार्ज टाइम ४–६ घण्टा रहेको छ।

त्यस्तै टीएन६ को मूल्य १ लाख ९६ हजार रहेको छ। सेन्ट्रल लकिङ सिस्टमयुक्त स्कुटीमा फुलचार्ज हुँदा १८०–२०० किमिसम्म यात्रा गर्न सकिन्छ। ५०–६० प्रतिघण्टा गतिको स्कुटीमा अगाडि डिस्क र पछाडि ड्रम ब्रेक सिस्टम रहेको छ।

 

त्यस्तै सीजेवाई १ को मूल्य १ लाख ६४ हजार पर्छ। यसको फुलचार्ज हुँदा ९०–१०० किमिसम्मको यात्रा गर्न सकिन्छ। त्यस्तै एलवाई १ को मूल्य नेपालमा १ लाख ६५ हजार रुपैयाँ पर्छ भने एसडी१ को मूल्य १ लाख ४९ हजार राखिएको छ।