भारतमा माओवादी आक्रमणमा भाजपा विधायकसहित ५ जनाको मृत्यु

  • | बुधबार, २७ चैत, २०७५
  • | 2 months ago

काठमाडौं । भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा)का एक विधायकसहित पाँच जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् ।

 

दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीआईजी पी सुन्दरराजले जानकारी दिएका छन् ।
बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको प्रहरीले जनाएको छ ।
विस्फोटमा बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ ।

 

दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । यो आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको हो ।