बन्दले जनजीवन सामान्य प्रभावित

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago



काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज देशभरको जनजीवन सामान्य प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने कलकारखाना पनि ठप्प भएका छन् ।

 

यसैगरी शैक्षिक संस्था तथा बजार, पसलहरु घटेको छ । काठमाडौं उपत्यकाको चक्रपथमा भने गाडी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा गाडी कम चले पनि कतै अवरोध भने नरहेको प्रहरीले जनाएको छ ।

 

विप्लवको बन्दमा सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था भने कडा पारिएको छ । बिहानैदेखि देशभरका मुख्य–मुख्य शहरहरुमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

 

पोखराको सभागृह चोकमा शंकास्पद बस्तु फेला परेको छ । बम भएको आशंकामा निष्कृय पार्न लागिएको जनाइएको छ । यस्तै गोरखामा पनि शंकास्पद बस्तु फेला परेको जनाइएको छ । यस्तै बुटवलमा पनि शंकास्पद बस्तु भेटिएको छ ।