इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा प्रितम आचार्य नियुक्त

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 5 days ago


सुनसरी । इटहरी उपमहानगरपालिकाको बाल सद्भावनादूतमा प्रितम आचार्य नियुक्त भएका छन् ।

 

भारतीय ‘रियालिटी शो सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएका नेपाली बालगायक प्रितम आचार्य सोमबार गृहनगर इटहरी आइपुगेका थिए ।
उनलाई मंगलबार उपमहानगरपालिकाले एक कार्यक्रमकाबीच बाल सद्भावनादूत नियुक्त गरिएको घोषणा गरेको हो ।

 

गायनको माध्यमबाट विदेशी भूमिमा पनि नेपालको नाम राख्न महत्वपूर्ण योगदान पुर्याएकाले उनलाई बाल सद्भावनादूत नियुक्त गरिएको उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।