सार्वजनिक भयो ‘बाडुल्की’

  • | बुधबार, २२ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको स्वरमा नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।
बाबुराम बोहोराको शब्द रहेको गीतको संगीत गायक अधिकारीले नै गरेका छन् ।

 

म्युजिक भिडियोमा अनु पराजुली र गायक अधिकारीले गीतमा नृत्य गरेका छन् । तिर्सना म्युजिक प्रा.लिको प्रस्तुति रहेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् भने निर्देशन प्रकाश भट्टले गरेका छन् ।

भिडियोको सम्पादन विष्णु शर्माले गरेका छन् ।