बाढी, पहिरो र डुबान : मृतकको संख्या ७८ पुग्यो(अपडेट)

  • | मंगलबार, ३१ आषाढ, २०७६
  • | 1 month ago


काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।

 

गृहमन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ४० जना घाइते भएका छन् भने ३२ बेपत्ता भएका छन् ।
यस्तै ३ हजार ३ सय ६६ भन्दा बढीको सुकशल उद्वार गरिएको छ ।

 

यस्तै बाढी पूर्वानुमान महाशाखाले आगामी ३ दिन प्रमुख नदीहरूमा बहाव सामान्य रहने बताएको छ ।