नक्सलवादीको आक्रमणमा पाँच प्रहरीको मृत्यु

  • | शनिबार, जेष्ठ, २०७६
  • | 1 month ago


नयाँदिल्ली । भारतको झारखण्डमा नक्सलवादीको आक्रमणमा ५ प्रहरीको मृत्यु भएको छ ।  सरायकेला खरसान्वा जिल्लामा शुक्रबार राती प्रहरीलाई लक्षित गर्दै नक्सलवादीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
आक्रमणमा दुई प्रहरी सहायक निरीक्षक र तीन प्रहरी जवानको मृत्यु भएको जनाइएको छ ।

 

सरायकेला खरसांवा जिल्लामा पछिल्लो एक महिनामा नक्सलवादीले गरेको यो चौथो आक्रमण हो । झण्डै १८ जनाको समूहमा रहेका नक्सलवादीले प्रहरीको गाडीले घेरेर अन्धाधुन्ध गोली चलाएको झारखण्डका प्रहरी प्रवक्ता एमएल मीणाले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।


आक्रमणकारीले प्रहरीका हतियार समेत लुटेर लगेका छन् । झारखण्डका मुख्यमन्त्री रघुवर दासले आक्रमणको निन्दा गरेका छन् ।