एप्पलकाे पाँच घोषणा

  • | मंगलबार, २१ जेष्ठ, २०७६
  • | 2 months ago


एजेन्सी । एप्पलले पाँच ठूलो घोषणा गरेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबारदेखि जारी एप्पलको विश्वव्यापी सम्मेलनमा कम्पनीले पाँच ठूला घोषणा गरेको हो । आगामी शुक्रबारसम्म सम्मेलन चल्नेछ ।

यस्ता छन् घोषणा

१.आइट्युन प्रतिस्थापन

आइफोन निर्माता कम्पनी एप्पलले आइट्युनको स्थान एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभीले लिने बताएको छ।

 

२. गोपनियता

एप्पलले आफ्ना सामाग्रीमा गोपनीयताको नयाँ उपायहरु ल्याउने बताएको छ।

एप्पलले आफ्ना नयाँ फिचरले फेसबुकको लोकेसन ट्र्याकलाई समेत विफल बनाउने बताएको छ।

 

एप्पल कम्पनीका सफ्टवेर प्रमुख क्र्याग फिडरिगीले भने,‘गोपनीयता मौलिक मानव अधिकार हो।’

३. आइओएस १३

एप्पलले आइफोनको लागि नयाँ सन्चालन प्रणाली भित्र्याउने बताएको छ। आइफोनले आइओएस १३ ल्याउने बताएको हो।

जहाँ कुनै शंकाबिना नयाँ फिचरहरु हुनेछन्। आइओएस १३ मा डार्क मोड फिचर प्रदान गरिनेछ। यस फिचर हाल फेसबुक, ट्वीटर, इन्स्टाग्राममा प्रदान गरिएको छ। यसले आँखा दुख्ने समस्या कम गर्ने अनुमान छ।

यहाँ २२ भाषाहरुको सुविधा दिइएको छ। अंग्रेजीसहित हिन्दी, अरबी, थाइ, भियतनाका भाषा आइफोनमा समावेश गरिनेछ।

४.एप्पल वाच

एप्पल वाच आइफोनबाट स्वतन्त्र हुनेछ। अब एप्पल वाचमा आफ्नै एपस्टोर हुनेछ।

 

५. म्याक प्रो

एप्पलले नयाँ म्याक प्रो सार्वजनिक गरेको छ। जहाँ २८ कोर इन्टेल प्रोसेसर र ६ हजार रेटिना डिस्प्ले स्क्रिन हुनेछ। हालको आइम्याक भन्दा यसको डिस्प्ले ४० प्रतिसत ठूलो हुनेछ। यसको मूल्य ६ हजार अमेरिकी डलर पर्नेछ।

बीबीसी