हायात होटलमा कार्यरत मजदुर आन्दोलनमा

काठमाडौं । काठमाडौंस्थ्ति पाँचतारे होटल हायातमा कार्यरत मजदुरहरु विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै हड्तालमा उत्रिएका हुन् ।
आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहालका अनुसार मजदुरहरु काम छाडेरै आन्दोलनमा उत्रिएका हुन् ।
को आज चौथो दिन हो। मजदुर आन्दोलनमा उत्रिएपछि होटलको सेवा सुविधा पनि प्रभावित भएको छ।
कूल ४ सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा गराउन दवाव दिइरहेका छन्। ३२० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्।
विगतदेखि पाउँदै आएका सेवा सुविधा पछिल्लो समय व्यवस्थापनले खोसेको, काम गर्दा अपमानित गरेका कारण आन्दालित भएको उनले बताए।