एलिनाको ‘तिम्रो खुसीमा’ सार्वजनिक

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago

 

काठमाडौं । गायिका एलिनाको चौहानको नयाँ गीत ‘तिम्रो खुसीमा’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

खुसी इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतमा गीतकार तथा संगीतकार नृपेश उप्रेती रहेका छन् भने संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।
यस गीतमा उनले मेलोडी पक्षलाई विशेष ध्यान दिएर सुमधुर बनाउने प्रयास गरेका छन् । उप्रेतीद्वारा संगीतवद्व यसअघि ‘बरिलै’ बोलको गीत निकै मन पराइएको थियो । जसलाई नेपाल आइडल २ बाट चर्चित बनेका कृशल कँडेल र मीनराज पौडेलले गाएका थिए ।

 

म्युजिक भिडियोका निर्देशक हुन् शक्ति प्रज्वल घिमिरे । ‘तिम्रो खुसीमा’ को म्युजिक भिडियोमा नायिका श्रृचा थापा र मोडल सुदिप न्यौपाने रोमान्टिक अवतारमा देखिका छन् ।

 

नायिका श्रृचाको पहिलो चलचित्र ‘लब यु हमेसा’ रिलिजको तयारीमा छ भने सुदिप टिकटक स्टार हुन् । शक्तिकै सम्पादन रहेको भिडियो नमराज घिमिरेको छायांकन गरेका हुन् । यस्तै नृत्य निर्देशन प्रपिण थापाको रहेको छ ।