आजदेखि विद्यार्थी भर्ना अभियान शुरु हुँदै

  • | सोमबार, २ बैशाख, २०७६
  • | 2 months ago

काठमाडौं । विद्यार्थी भर्ना अभियान आजदेखि शुरु हुँदैछ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले भर्ना अभियान शुरु गर्न लागेको हो ।

 

अभियान अन्तर्गत ७ सय ५३ स्थानीय तहमै घरदैलो अभियान गरिने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवश्रोत विकास केन्द्रले विद्यालय बाहिर रहेका ९१ हजार बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालय भर्ना गरिने केन्द्रका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

 

गएको वर्ष ६० हजार बढी बालबालिका विद्यालय बाहिर रहेकामा यो वर्ष बढेर ९१ हजार बालबालिका विद्यालय बाहिर पुगेको सरकारी तथ्यांकले देखाएको छ । पाँचदेखि नौ वर्ष उमेर समूहका २५ लाख ८३ हजार बालबालिकामध्ये गएको वर्ष २४ लाख ९२ हजार विद्यार्थी विद्यालय भर्ना भएका थिए ।