न्युरोडमा लागेको आगो नियन्त्रणमा

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


पोखरा । पोखराको न्युरोडमा एस मिनी मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ ।
पोखरा महानगरपालिकाका ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

मंगलबार दिउँसो ४ बजेदेखि सुरू भएको आगलागी २ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

 


आगलागीबाट मिनी मार्केटका कार्पेट, फम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरी ७ व्यवसायीका २३ वटा सटरमा पूर्ण क्षति भएको कास्कीका प्रहरी प्रमुख एपी दानबहादुर कार्कीले जानकारी दिए ।

आगलागीबाट मिनी मार्केटभित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् ।