आँधी र चट्याङका कारण ८ जनाको मृत्यु

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


नयाँ दिल्ली । भारतको बिहार राज्यमा आएको आँधी र चट्याङका कारण ८ जनाको मृत्यु भएको छ, भने ११ घाइते भएका छन् ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार, सोमबार साँझ आएको आँधि र चट्याङका कारण बिहारको गोपालगञ्जमा तीन, सिओहार एक, सितामार्हिमा एक र चम्पारनमा दुई जनाको मृत्यु भएको हो ।
भीषण रुपमा आएको आँधीको कारण कैयौं रुखहरु ढलेको र धुलोसहितको आँधीको कारण विद्युत समेत अवरुद्ध भएको छ ।