जन्ती बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ घाइते

  • | मंगलबार, २८ फागुन, २०७५
  • | 1 week ago


हेटौंडा । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ । अहिले उद्दारको कार्य चलिरहेको प्रहरीको भनाइ छ ।