दोलखामा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ घाइते

  • | शुक्रबार, ४ माघ, २०७५
  • | 2 years ago


दोलखा । दोलखामा शुक्रबार जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

 

जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर–४, मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली जान लागि तयार बा २ ख ३७६० नम्बरको बस स्टार्ट गर्ने वित्तिकै शुक्रबार बिहान दुर्घटना भएको हो ।

 

दुर्घटनामा घाइते ४ जनालाई हेलिकप्टरबाट काठमाडौं  लगिएको दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

तामाकोशी गाउँपालिका वडा नम्बर–४ का कुमोदराज योगी, ४९ वर्षीय उद्धव पोखरेल, १७ वर्षीय टोप बहादुर मिजार र २२ वर्षीय रन्जीत मिजारलाई धुलिखेल अस्पताल शाखा किर्नेटारमा सामान्य उपचार गरी काठमाडौं पठाइएको हो ।

 

यस्तै २४ वर्षीय विकास मिजार र तामाकोशी गाउँपालिका वडा नम्बर–५ का १७ वर्षीय सरोज खड्कालाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ ।
घाइतेमध्ये १३ जनाको प्रस्तावित चरिकोट अस्पतालमा, ३ जनाको दोलखा सामुदायिक अस्पतालमा र ३ जनाको धुलिखेल शाखा अस्पताल किर्नेटारमा उपचार भइरहेको छ ।