नाइजेरियामा सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु

  • | आइतबार, २६ जेष्ठ, २०७६
  • | 2 months ago



एजेन्सी । नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटना भएको जानकारी दिए । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो ।

 

दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान गरिएको छ । एक प्रहरी अधिकारीले नाइजेरियामा हरेक महिना १०० भन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको जानकारी दिए ।