तनहुँमा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ घाइते

  • | मंगलबार, २१ फागुन, २०७५
  • | 2 years ago


तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।

 

बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप मंगलबार पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगर रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा जीपका चालक नरबहादुर घर्ती, जीप मालिक दलबहादुर सुनारी मगर, यात्रुहरु कुमार बस्याल, होमबहादुर थापा, घनश्याम थापा, सावित्री थापा, देवीमाया थापा खुममाया थापा, बेलिसरा थापा मगर, मिरा थापा र लक्ष्मी पन्थ घाइते भएका छन् ।

चालक घर्तीलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेको दमौली स्थित रत्नहरी अस्पताल र दमौली अस्पतालमा उपचार भइरहेको छ ।  जीप सडकबाट करिब १० मिटर तल खसेको थियो ।